प्रचण्डविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

१९ माघ २०७७, सोमवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा सोमबार दर्ता भएको छ।

अधिवक्ता समिर बलामीले न्यायाधीशहरुले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्ति दिएको भन्दै दर्ता गरेको मुद्दाको पेसी मंगलबारलाई तोकिएको छ।

प्रचण्डले अदालतबाट आफ्नो पक्षमा नै फैसला नआए जनताको अदालतबाट फैसला गर्ने बताएका थिए। प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलाशमा बहस चलिरहेका बेला प्रचण्डको धम्कीपूर्ण अभिव्यक्तिले अदालतको मानाहानी गरेको उल्लेख छ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वसभामुख दमननाथ ढुंगाना, अनुपराज शर्मा,मीनवहादुर रायमाझी,कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्धको अवहेलना मुद्दामा आफैं लिखित जवाफसहित उपस्थित हुन अदालतले आदेश दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस