नुवाकोटमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको गाडीमा ढुंगा प्रहार

१९ माघ २०७७, सोमवार

नुवाकोटमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको गाडीमाथि ढुंगा प्रहार भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षको कार्यक्रमलाई सम्बोधन गर्न नुवाकोट पुगेका उपप्रधानमन्त्री पोखरेलको गाडीमाथि तोडफोड भएको हो । ढुंगा प्रहारबाट पोखरेलको गाडीमा नलागेपनि अन्य गाडीहरु भने फुटेका छन् ।

नेकपा नुवाकोट जिल्ला कमिटी संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा उपप्रधानमन्त्री पोखरेल नुवाकोट गएका हुन् । । उपप्रधानमन्त्री पोखरेलको गाडीमाथि नेकपा प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताहरुले ढुंगा प्रहार गरेको बुझिएको छ ।

सुरक्षा सतर्कतालाई ध्यानमा राख्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्न पोखरेल सहित उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायतका नेताहरु नुवाकोट पुगेका हुन् ।

प्रदर्शनकारीले नुवाकोट क्याम्पसअगाडी कालो झण्डासहित प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस