कर्णाली प्रदेश संसद शाह द्वारा नेपाल राष्ट्रिय मा बि दार्माकाे ६ काेठे भवनकाे शिलन्यास

शुक्रबार - १६, माघ-२०७७

सल्यानकाे दार्मा गाउँपालिका ५ मा रहेकाे नेपाल राष्ट्रिय माविकाे ६ काेठे भवनकाे शिलन्यास गएकाे छ ।

प्रदेशकाे पुर्वाधार विशेष कार्यक्रमबाट ५० लाखकाे लागतमा उक्त भवन  निर्माण गर्न लागिएको हाे। भवनको  शिलन्यास कर्णाली प्रदेशसभा सदस्य गुलावजंग शाहले  गरेका हुन् ।

बिहीबार भएको  भवन शिलान्यास कार्यक्रममा बाेल्दै नेकपा केन्द्रीय सद्स्य तथा प्रदेश संसद गुलाब जंग शाहले शिक्षाको बिकासमा राजनिती गर्न नहुने बताए  ।

बिकास गर्दा अास्यकता अनुसारको समान अाधारमा गर्नुपर्ने र जनप्रतिनिधिहरुले राजनीतिक ब्यबहार त्याग्नुपर्ने,  शिक्षा क्षेत्र सबै काे साझा सम्पत्ति भएकाले तेराे मेराे गर्न नहुने समेत  बताए ।

उनले शिक्षालाइ सबैले साझा रुपमा लिएर विकास गरे गुणस्तरिय शिक्षा प्रदान हुने बताएका हुन । उक्त कार्यक्रममा नेकपाका  केन्द्रिय सदस्य लाेक बहादुर डाँगी, जिल्ला कमिटी सदस्य घनश्याम शर्मा, दिपेन्द्र प्रकाश डिसी, गणेशमान सिंह लगाएतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस