ओलि नेतृत्वको नेकपाले कपुरकोटमा गर्‍यो वडा वडास्तरिय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

०३ माघ २०७७

केपि शर्मा ओलि नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कपुरकोट गाउंपालिका ६ नम्बर वडा कमिटीको आयोजनामा शनिबार सिनवाङको छायांनाथमा वडास्तरिय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

६ नम्बर वडा कमिटी सचिव नन्दलाल महताराको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य तथा कपुरकोट गांउपालिकाका अध्यक्ष भिम बहादुर सेनले प्रधानमन्त्रीलाई बन्दी बनाएर पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल अघि बढ्नका लागि घृणित खेल सुरु गरेकाले अहिलेको अवस्था आएको बताउनुभयो । यद्यपि सबै अवरोधहरु हटाएर ओलिको नेतृत्व मा नै नेकपाले समृद्धिका पाइलाहरु अगाडि बढाउने बताउनुभयो ।

यस्तै कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा नेकपा कपुरकोटका अध्यक्ष घनश्याम शर्मा, जिल्ला कमिटी सदस्य टिकाराम बोहोरा, नेकपा प्रदेश परिषद सदस्यहरु द्रोण केसी, पदम खड्का, नेकपा कपुरकोट ४ का अध्यक्ष मित्र कठायत, युवा संघ सल्यानका संयोजक रुपक बुढा,युवा संघ कपुरकोटका संयोजक कुबेर केसी,पालिका कमिटी सदस्यहरु उदिराम रोका, दल बहादुर बुढा, नेकपा कपुरकोट गाउंपालिका सदस्य तथा वडा न ६ का वडा सदस्य रुपलाल बुढाथोकि, वडा न ५ कि महिला सदस्य भिमा बुढाथोकी लगायतले मन्तव्य राख्दै विभिन्न चुनौतिहरुको डटेर सामना गर्ने तथा राष्ट्र र राष्ट्रियताको पक्षमा चट्टानी अडान लिने प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपि शर्मा ओलिको नेतृत्वमा नै सुखी नेपाली र समृद्ध नेपालको आकांक्षा पूरा हुने धारणा राख्नुभएको थियो ।

नेकपाका नेता तथा वडा न ६ का वडा सदस्य झांक बहादुर महताराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन तेज बहादुर बोहोराले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस