सल्यानमा बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु

२०७७ पुष २९ गते बुधवार

सल्यानमा बुधवार बिहान बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।
ढोरचौर बाट श्रीनगर तर्फ जाँदै गरेको ना ३ ख ९६४३ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको रा ३ प ८६६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शारदा नगरपालिका ६ बरला निवासी ३० वर्षीय बिरन्द्र भण्डारीको भण्डारीको मृत्यु भएको हो ।

घटनाबाट गम्भीर घाइते भएका भण्डारीलाई जिल्ला अस्पताल सल्यान पुर्‍याए लगतै अस्पतालले मृत घोषणा गरेको थियो ।
हाल बस लाई नियन्त्रणमा लिइएको छ भने बस चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस