अब छिट्टै कालीमाटीका किसानहरुको आफ्नै नामको लालपुर्जा हुन्छ। :अध्यक्ष दान बहादुर के सी

२८ पौष २०७७

२८ पौष, सल्यान|ध्रुव के सी|  कालीमाटी गाउँपालिका अध्यक्ष तथा केपी शर्मा ओली नेतृत्वको (नेकपा) का जिल्ला कमिटी सदस्य दानबहादुर केसीले छिट्टै कालिमाटीका किसानहरुको आफ्नै नामको लालपुर्जा हुने बताएका छन् ।

नेकपा कालिमाटी गाउँपालिका सल्यानले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष के सी ले यस्तो बताएका हुन् ।

कालिमाटीको भूमि बर्षौदेखि यहाँका बासिन्दाले ले प्रयोग गर्दै आइरहेको भएतापनि यहाँको अधिकांस जमिन बास्तविक किसानको नाममा नरहेको उनले बताए । जिल्ला मालपोत कार्यालय सल्यान मा सुचिकृत नभएकै कारण किसानले सास्ती व्यहोर्नु परेको उनको भनाई रहेको थियो।

पटकपटक आफूले यस विषयमा जिल्ला मालपोत कार्यालय सल्यानमा छलफल गरेपनि कालिमाटीको भुमी सल्यान मालपोतमा सुचिकृत नभएको कारण अपठ्याररो भएको उनको भनाई रहेको थियो । कालिमाटीका किसानको उक्त भूमि बर्दियामा सूचीकृत भएको हुन सक्ने बताएपछि आफुहरुले बर्दिया सँग समन्वय गरेपनि बर्दियामा समेत यहाँको बस्ती सुचिकृत नभएको कारण यहाँका किसानहरुले दुःख पाएको नेता केसीले बताए । साथै नेता केसीले अब गाउँपालिकाको भुमीको लालपुर्जा प्रत्येक किसानको नाममा हुनेगरी आफूले काम गरिरहेको र छिट्टै उक्त काम सम्पन्न हुने समेत बताएका छन् ।

उक्त कार्यक्रममा बोल्दै कालिमाटी गाउँपालिका उपाध्यक्ष तथा नेकपा जिल्ला कमिटी सदस्य सहनशीलता वली डिसीले आफूले स्थानीय सरकारमा आएपछि गाँउपालीकाले विकासमा फड्को मारेको बताएकी छन् । भौगोलिक विकटताका बाबजुद पनि शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सिचाई लगायत को अत्यावश्यक क्षेत्रका विकासमा आफूहरुले योजनावद्ध रुपमा लागिरहेको उनले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस