ताजा जनादेशका लागि निर्बाचनमा जानुको विकल्प छैन ।: नेता शाह

२७ पौष २०७७

प्रधानमन्त्री केपि शर्मा वली नेतृत्वको नेकपाका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश संसदीय दलका नेता गुलाबजंग शाहले ताजा जनादेशका लागि निर्बाचनमा जानुको विकल्प नरहेको बताएका छ्न ।
सोमबार सल्यानको कालिमाटीमा नेकपा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता शाहले यस्तो बताएका हुन ।

जनता ले दिने जनादेशको पालना गर्न आफ्नो पार्टी दृढ रहेको भन्दै कार्यकर्तालाई निर्बाचनका लागि तयारी गर्न शाहले निर्देशन दिएका हुन।

साथै नेता शाहले संसद विघटनको को बारे बोल्दै पार्टी भित्रकै एक पक्षले प्रधानमन्त्री ओलीलाई काम गर्न नदिएकै कारण संसद भंग जस्तो बाध्यकारी अबस्थाको सिर्जना भएको पनि उनले बताए । पार्टी भित्रको एक पक्षले जति कोशिस गर्दा पनि प्रधानमन्त्रीलाई काम गर्न नदिने र प्रधानमन्त्रीकै विपक्षमा अविस्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेकैले संसद भंग गर्नुपरेको हो । उनको भनाइ थियोे ।

प्रतिक्रिया दिनुहोस