केपि ओली नेतृत्वको नेकपाले सम्पन्न गर्यो कालिमाटीमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम

सोमबार-२७ ,पौष २०७७

प्रधानमन्त्री समेत रहेका केपि शर्मा ओलि नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालिमाटी गाउंपालिका सल्यानले कार्यकर्ता भेला गरेर प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार कालिमाटी ३ को पुतलिबजारमा कार्यक्रम सम्पन्न भएको उक्त समुहले जनाएको छ ।

कालिमाटीमा भएको उक्त कार्यक्रम तथा भेलाले नेकपा कालिमाटी गाउँ कमिटीको अध्यक्षको जिम्मेवारी जिल्ला कमिटी सदस्य केशर बुढालाइ प्रदान गरेको छ ।

नेकपा कालिमाटी गाउंकमिटिका सदस्य तथा वडा नम्बर ३ का वडा अध्यक्ष वीर बहादुर ओलिको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य गुलाबजंग शाह, पार्टी केन्द्रीय सदस्य तथा जिल्ला कमिटी अध्यक्ष गोबिन्द पुन, केन्द्रिय सदस्य लोक बहादुर डांगी, प्रदेश कमिटी सदस्य भिम बहादुर सेन, जिल्ला कमिटी सदस्य तथा कालिमाटी गाउंपालिका अध्यक्ष दान बहादुर केसी, जिल्ला कमिटी सदस्य तथा कालिमाटी गाउंपालिका उपाध्यक्ष सनशिलता ओलि डिसी अनेरास्ववियुका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी संयोजक राम बहादुर केसी लगायत एक दर्जन बढी नेताले मन्तव्य राखेका थिय।

नेकपा कालिमाटी ४ नम्बर वडा कमिटीका सचिव मिनायक रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन नेकपा जिल्ला कमिटी सदस्य केशर बुढाले गरेका थिए ।

यस्तै उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि केपि शर्मा ओलि नेतृत्वको नेकपामा दुइदर्जन बढी नेता कार्यकर्ताले पार्टी प्रवेश गरेका छन ।

पार्टी प्रवेश गर्ने मा लक्षुमण खत्री (नेका बाट),कुल ब ओलि (समाजसेवी),मोहनलाल (नेका बाट),देबिलाल परियार (नेका बाट),निम ब परियार (नेका बाट),तिल ब गिरि (नेका बाट),दुर्गा ब गिरि (नेका बाट),मिना परियार (नेका बाट),खुमन गिरि (नेका बाट),मेघ प्रसाद खराल (नेका बाट),देउ ब राना (राप्रपा बाट),याम ब राना (राप्रपा बाट),गोकर्ण राना (राप्रपा बाट) लगायतले पार्टी प्रवेश गरेका हुन ।

प्रतिक्रिया दिनुहोस