लोकतन्त्र, गिरिजा र प्रचण्ड

एउटा आलोचनात्मक समर्थक पाउनु लाखौ भेडाको बथानमा रमाउनु भन्दा ठूलो कुरा हो।

 

२०७७ पुष १२ गते आइतवार/कैलाश के सी   

पाशुपतास्त्रको खोजिमा हिडेका अर्जुनले जब आराध्य देब श्री महादेब बिरुद्द हात उठाएको मा पछुतो लागेपछी म पाप पखाल्नलाई मर्छु भनेर अर्जुनले आत्मादाह गर्न तयार भए तब श्रीमहादेबले भन्नुभयो । ‘ एकपटक श्रीकृष्ण लाई भेट अनि निर्णय गर। ‘

अनि श्रीकृष्णले भेटमा भन्नुभयो ।’ हे अर्जुन आत्मदाह गर्नु र आफ्नो प्रशम्शा आफै गर्नु एउटै हो।’  तिमिलाइ मरेतुल्य पापमोचन हुन्छ भनेर भन्दा अर्जुनलाइ आफ्नै प्रशम्सा गर्न भनिन्छ। तसर्थ शास्त्र भन्छ  “आफ्नो प्रशम्सा आफ्नै मुखले गर्नु मरेतुल्य हुनु हो ।” अहड्ढार र दम्भ हुनु मरेतुल्य हुनु हो तर हाम्रा नेताहरुलाइ त्यो शास्त्र लागू नहुने रछ ।

म नै राजा हु, म नै संविधान हु,म नै सबथोक हु भन्ने यत्रतत्र पाइन्छ आजकल । मैले जे गर्यो त्यही ठिक, मैले जे सोच्यो त्यो सहि जस्तो कि ठिक, सहि, राम्रो, गतिलो भन्ने शब्द भन्दा उहाँ सात दिन जेठो होइबक्सन्छ ।

अझ बेलाबेला साइबर सेना निर्माण गर्नुपर्छ। अरिङालले जस्तै बिरोधिलाइ निमिट्यान्न पार्नुपर्छ बिरोधि आवाजलाई दबाउनुपर्छ किनकी सहि भनेको हामी जे गर्छौ त्यो हो । ठिक हामिले जे सोच्छौ त्यो हो, संविधान उल्लंघन गर्नेकुरा भ्रस्टाचार र भ्रस्टचारीको संरक्षण गर्नेकुरामा त हामी जादुगर नै हौ किनकी हामी मुखै नहेरी संरक्षण गर्दिन्छौ किनकी भ्रस्टाचारी हो भने त्यो हाम्रै मान्छे हो संरक्षण गर्नु हाम्रै दायित्व हो। त्यो चाहे बालुवाटार प्लटिङ होस, ओम्नि सङ्ग स्वास्थ्य उपकरण खरिदमा कमिसनको भागबण्डा होस, यति समूहलाइ सरकारी जग्गा सित्तैमा दिएर मोटो रकम टेबुलमुनी बाट लिएको होस, या प्रिन्टिङ प्रेसमा सत्तरी करोड कमिसनको कुरा ल्याएको होस, अपहरण गरेर फिरौती मागेकै किन नहोस । सहि त्यो हुन्छ जे हामी गर्छौ सत्य बनाउने कारखाना त हामी हौ भन्ने भनाइ छ प्रधानमन्त्री को ।

एउटा आलोचनात्मक समर्थक पाउनु लाखौ भेडाको बथानमा रमाउनु भन्दा ठूलो कुरा हो।

एउटा आलोचनात्मक समर्थक पाउनु लाखौ भेडाको बथानमा रमाउनु भन्दा ठूलो कुरा हो। तर जब आलोचनात्मक समर्थक हुन्छ्न हरेक गलतलाइ सहि भनेर हिड्दैनन। सकभर गलत गर्नबाट रोक्न खोज्छ्न ।अहिलेको अवस्थालाई मुल्यांकन गर्नेहो भने अदालतले पनि प्रधानमन्त्रीलाई लगाम नलगाउने हो भने उहाँ बेलगाम गधा जस्तै हुनुहुनेछ र कसैलाइ अनुमान पनि छैन उहाँ कहाँ सम्म पुग्नुहुन्छ ।

गणतन्त्रको यो हालत देख्दा शान्ति सम्झौता १२ बुदे समझदारीका दिन याद आउँछ, यो अबस्था हेर्दा गिरिजा बिनाको प्रचण्ड श्रीकृष्ण बिनाको अर्जुन जस्तै लाग्छ । प्रचण्डलाइ अनेक लान्छना आरोप आउदा या चारैतिर बाट निशाना साधेर आक्रमण गर्दा नि चुप बस्छ्न तर बैश्नबास्त्र, नागास्त्र बाट प्रचण्डलाई बचाउने सारथिको अभाब छ अहिले । सायद गिरिजाको साथ अहिलेपनी प्रचण्डलाइ हुन्थ्यो भने जतिसुकै अप्ठ्याराहरुपनी सायद सहजै टर्थे जस्तो लाग्छ ।

गिरिजाको अस्तु सङ्गै काङ्ग्रेसले लोकतन्त्र र बिधिको शासनको को वकालत पनि बागमतीमा बिसर्जन गर्देको जस्तै लाग्छ ।

गिरिजाको अस्तु सङ्गै काङ्ग्रेसले लोकतन्त्र र बिधिको शासनको को वकालत पनि बागमतीमा बिसर्जन गर्देको जस्तै लाग्छ ।जुन लोकतन्त्र, गणतन्त्र , संघीयता, नयाँ संविधान र बिधिको शासनको बिरासत स्थापना गिरिजा र प्रचण्डले गरेका थिए । अहिले त्यो बिरासत जोगाउने कित्तामा प्रचण्ड एक्लै लड्दैछ्न । चारैतिर बाट उनैलाइ आक्रमण हुदैछ तर प्रतिरोध र प्रतिरक्षा गर्ने ठाउमा हिजो सङ्गै यहि विधि र पद्धतिको लागि जिन्दगीभरी सङ्गै हतियार बोकेर लडेका सारथिहरु अहिले बिपक्षी टिममा लिलाम बिक्री भएका छ्न केही थान कामचलाउ मन्त्री सङ्ग जिन्दगी भरी लडेको लडाइलाइ सौदाबाजि गरेका छन ।

प्रचण्ड आलोचनाको केन्द्रमा छ्न एउटा पुरानो राजनितिका ठेकेदार जस्ले जनताको भलो चाहदैनन, उरन्ठेउलो जल्लाद हरुको भिड जसले ब्यक्तिगत कुन्ठा निकाल्न खोज्छ र मुलतः गणतन्त्र मन नपरेकाहरु जसले सोच्छ्न कि प्रचण्डलाई खुइल्याउन पाए यो ब्यबस्थानै परिवर्तन गरेर प्रतिगमन तिर मुलुक लाई फर्काउन सकिन्थ्यो भन्नेहरुलाई सहयोग गर्नुभएको छ बादल कमरेडहरुले । त्यत्रो सत्र हजार जनताका छोराछोरिको रगत सङ्ग साटिएको यो ब्यबस्थालाइ पङ्गु बनाइदै छ । जनतामा यो ब्यवस्था नै खराब हो यो भन्दा हिजोको पन्चायती ब्यबस्था या राणाशासन नै सहि छ भन्ने बिस्वास दिलाइदै छ । अनि त्यसैको मतियार भएर बादल लगायतका कमरेड हरुले सहिदको रगत, जनयुद्ध र जनआन्दोलनको अपमान गरिरहनु भएको छ । सत्रहजार बढिले रगत बगाएर ल्याको परिबर्तनलाइ सत्रहजारको हत्या थियो भनेर यो परिवर्तन, नयाँ संविधान, गणतन्त्र धर्मनिरपेक्षता लाई अबमुल्यन गर्नेहरुलाइ त के भनु उनिहरुलाइ त एउटै कुरा भन्छु, काकताली परेर यो ब्यबस्थामा रमाउन पाएका स्यालहरु यदि तिम्रो त्यो बलिदान र समर्पणमा गर्व गर्ने औकात तिमिहरुको छैन भने सत्र हजार मान्छेको हत्या भनेर त्यो फोहोरी मुखबाट त्यो शब्द निकालेर महान जनयुद्द र विभिन्न चरणमा भएका आन्दोलनको बेइज्जत्ती नगरिदेउ ।

सामन्त गोयलको आगमन पछि नेपाली राजनितिको कोर्स पुरै च्यान्ज भएको छ, सार्वभौम संसदको बिघटनलाइ बिप्लवले स्वागत गर्नुभो र नयाँ चुनावलाइ कमल थापा जि ले । बुझ्नलाइ त यति कुरा नै काफी छ अब परराष्ट्रमन्त्री र प्रधानमन्त्रीको भारत भ्रमण हुदैछ । सायद उनिहरुको इच्छामा इमानदारीताका साथ भुमिका निर्वाह गरेकोमा कुनै तक्मा लिन जानुपर्ने होला । यो असंवैधानिक कदमलाइ सडकबाट नै खारेज गर्नुपर्ने देखिन्छ । प्रधानान्यायधीसको इजलास गठन देखि संबैधानिक इजलासमा बरिस्ठ न्यायाधीशहरुलाइ निषेधबाट प्रस्ट यो भयो कि जनता र देशले यो मुद्दा हार्दैछ र सामन्त गोयलको स्पिरिट जित्दैछ ।

भनिन्छ नि खेल तासको होस या जिन्दगिको, आफ्नो एक्का त्यसबेला मात्र देखाउनु पर्छ जब सामुन्ने मा बादसाह देखिन्छ ।  यो बेला प्रचण्डको कदमलाइ सम्मान गर्नैपर्छ । जब आफ्नाले आलोचना गर्छ्न तब सचेत हुनुपर्छ जब बिपक्षिले आलोचना गर्न छोडछ्न तब झनै सचेत हुनुपर्छ जब आलोचनाको गति विपक्ष बाट हाइलेबलमा पुग्छ र ब्यक्तिगत लेबलमा उत्रिन्छ्न अनि बुझ्नुपर्छ उभिएको धर्ती नकापोस किनकी यो सहि ठाउँ हो डगमगाउनु हुदैन ।अहिले माधव नेपालले जसरी साथ दिइरहनुभएको छ सायद यसले प्रचण्डलाई गिरिजाको अभाव महसुस हुन नदेओस देश र जनताको यो लडाइ जितुन संविधानको सर्बोच्चता स्थापित होस।

शुभेच्छा ।

 

प्रतिक्रिया दिनुहोस