ओलीले भेट्न नमानेपछि बालुवाटरबाट फर्किए प्रचण्ड: गणतन्त्रमाथि कू गरेको उनको आरोप

२०७७ पुष ५ गते आइतवार

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका सत्तारुढ दल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओलीलाई भेट नगरी फर्किएका छन्।

प्रचण्ड बालुवाटार पुगे पनि नेकपाका अध्यक्षसमेत रहेको प्रधानमन्त्री ओलीले भेट्न मानेनन्। उनी क्याविनेटबाट संसद विघटन गराउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेर शीतल निवास पुगेका छन्। प्रचण्डलाई भेट नदिएपछि उनी फर्किए।

ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरे लगत्तै छलफलका लागि बालुवाटार पुगेका प्रचण्डलाई ओलीले भेट्न नमानेको र आफूहरु फर्किदै गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिएका छन।

ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेर गणतन्त्रमाथि कू गरेको प्रचण्डको आरोप छ ।

प्रतिक्रिया दिनुहोस