नेपाली काँग्रेस द्धारा देशभर सरकार विरुद्ध विरोध प्रदर्शन: सल्यानमा पनि र्याली निकालियो

२०७७/०८/२९-सोमबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशका ७७ वटै जिल्ला सदरमुकाममा सरकारविरोधी प्रदर्शन गरेको छ । सरकार अधिनायकवादउन्मुख हुँदै गएको भन्दै सचेत गराउन कांग्रेस ले विरोध प्रदर्शन गरेको हो। संविधानमा सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने भए पनि सत्तारूढ कम्युनिस्ट दलले एउटा अर्को दललाई दिन आनाकानी गरेको, महँगी र मूल्यवृद्धि रोक्न नसकेको, निषेधित क्षेत्र तोकेको, संवैधानिक अंगमा हस्तक्षेप गरेकोजस्ता सरकारका कार्यशैली अधिनायकवादउन्मुख रहेकाले खबरदारी सभा गरेको हो ।

कांग्रेसले गोविन्द केसीसँगका समझदारी कार्यान्वयन, महँगी नियन्त्रण, निषेधाज्ञाको विरोध, सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संवैधानिक व्यवस्थाको कार्यान्वयनलगायत विषय उठाउन निर्देश गरेको छ ।

यसैबीच नेपाली कांग्रेसले सल्यानमा पनि केपी ओली नेतृत्वको सरकारको विरोधमा र्याली निकालेको छ। सरकार बिरुद्ध बिभिन्न नाराबाजी गर्दै सरकारको बिरोधमा नाराबाजी गरेका छन।

प्रतिक्रिया दिनुहोस