यसरी बच्न सकिन्छ ग्यास्ट्रिकबाट

२०७७, २० मंसिर शनिबार

ग्यास्ट्रिक
भनिन्छ हरेक नेपलीमा ग्यास्ट्रिकको समस्या छ। खानपान गर्ने तरिका नमिल्दा ग्यास्ट्रिकको समस्याले सताउने गर्छ। ग्यास्ट्रिकहुदा पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहनेलगायत समस्या हुन्छन् । जसले पाचन प्रक्रियामा अवरोध पुर्याउने गर्दछ । समयमै यसको उपचार नगरेको खण्डमा अल्सर र क्यान्सर नै हुन सक्ने सम्भावना रहन्छ।
भुलेर पनि नखानुहोस् यी खानेकुरा

एसिडिक खानेकुरा ः ग्यास्टिक भएका बिरामीले कागती, सुन्तला, निबुवा,भोगटे लगाएका एसिडिक खानेकुरा खानु हुँदैन। टमाटरमा पनि एसिडिक हुने भएकाले यसले ग्यास्टिकको पीडालाई बढोत्तरी गर्ने काम गर्दछ।

दुध र दुधजन्य पदार्थ ः
दुध र दुधजन्य पदार्थहरु ग्यास्टिक भएका ब्यक्तिले प्रयोग नगर्दा राम्रो हुन्छ। एदी तपाई नियमित दूध रुपमा मदिरा सेबन गर्नु हुन्छ भने यसले पनि ग्याष्टिक बढाउने सम्भावना अत्याधिक रहने हुन्छ।

मदिरा सेवन ः
नियमित रूपमा मदिरा सेवन गर्दा पनि ग्यास्ट्राइटिसको असर झन् बढेर जान्छ । तर, केही अध्ययनले भने दिनहुँ थोरै मात्रामा पिउँदा ग्यास्ट्राइटिस हुनबाट जोगाउने देखाएको छ । यदि तपाई मदिरा नै पिउनुहुन्छ भने थोरै मात्रामा पिउँदा राम्रो हुन्छ।

चिया र कफिको सेवन ः ग्यास्ट्रिकबाट पीडित व्यक्तिले चिया र कफि पिउनु हुँदैन । कफीमा हुने क्याफिनले ग्यास्टिकको असरलाई बढाउने काम गर्दछ। अझ दूधचिया खाँदा दूध र क्याफिन दुवैले ग्यास्ट्राइटिसलाई झन् बिगार्ने काम गर्छ । तर, ग्रिन–टीको सेवनले भने ग्यास्ट्राइटिसको सम्भावना ४० प्रतिशत कम गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।

मसालेदार खानेकुराः ग्यास्टिक हुने व्यक्तिले मसालादार खानेकुरा हरु पनि कम गर्नुपर्ने हुन्छ। मसालेदार खानेकुराहरु आफैंले ग्यास्टिक नबनाएपनी यी खानेकुराहरु खाँदा ग्याष्टिक भएको व्यक्तिमा ग्यास्टिक झन बढेर जाने सम्भावना रहन्छ।

प्रशोधित खानेकुराः
पाउरोटी ,पास्ता,बे्रड, चिनीयुक्त खाद्यपदार्थ, चिसो पेयपदार्थ, प्रशोधित तेल, तेलमा तारेका खानेकुरा खानाले पनि ग्याष्टिकको समस्या बढ्ने गर्दछ।

ग्यास्टिक निको पार्ने घरेलु उपचार विधि

विशेष गरेर खानाको समय नमिल्नुको कारणले गर्दा मानिसहरुमा ग्यास्टीकको समस्या उत्पन्न हुन्छ। ठिक समयमा खाना खाने गर्नाले यसलाई कम गर्न सकिन्छ। ग्याष्टिक भएको व्यक्तिले खानेकुरा खानामा विशेष ध्यान दिनुपर्छ। ग्यास्टिक लाई सामान्य रुपमा लिनु हुँदैन किनभने ग्यास्टिक बिग्रियो भने आन्द्राको अल्सर हुन्छ। जसले गर्दा क्यान्सर हुने सम्भावना धेरै रहन्छ। त्यसैले ग्यास्ट्रिकबाट बच्न निम्नलिखित घरेलु उपचार बिधि गर्न सकिन्छ

कागतीपानीः पेटमा धेरै ग्यास भएको अवस्थामा कागतीपानीको पिउनि गर्नुपर्दछ यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन ।

खाना खाने समयः ग्यास्टिक भएका व्यक्तिहरुले विशेषगरेर खानामा निकै ध्यान पुर्याउनुपर्ने हुन्छ खानेकुराहरु प्रत्येक दुई घण्टाको अन्तरमा खाने गर्दा एकदमै उपयुक्त हुन्छ लामो समय केही नखाएर बस्दा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गराउने गर्दछ।

लसुन पानीको प्रयोगः बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग खाने हो भने ग्यास्ट्रिक भएकाहरलाई फायदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ

प्रशस्त मात्रामा पानी पिउनेः प्रशस्त मात्रामा पानी पिउदा पेटमा ग्यास बन्न पाउँदैन । जिउमा समेत पानीको सन्तुलन कायम रहन्छ। तर, पानीको सट्टा कोक, फ्यान्टा जस्ता कोल्डड्रिङसको प्रयोग गर्नुहुँदैन । यसले पेटमा ग्याँस बढाउँछ

कार्बोहाइड्रेट खानाः
कार्बोहाइड्रड कम खानेः पेटमा ग्यास जमेर गाह्रो हुने भएकोले बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु पर्दछ।

प्रतिक्रिया दिनुहोस