सल्यान, २४ पुस । ग्रामीण क्षेत्रमा दिगो खानेपानी, सरसफाइ र […]
कोरोना विरुद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताएका छन् ।
उनले कोरोनाविरुद्धको खोप अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुनेबित्तिकै नेपाल भित्राउने तयारी भएको बताएका छन । विश्व प्रतिजैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री ढकालले सो कुरा बताएका हुन् ।
कोरोनाको भ्याक्सिनको व्यवस्थापन र सहज उपलब्धताका लागि कानून संशोधन गरेर सरकार अगाडी बढेको समेत ढकालले बताए ।
कोरोनाविरुद्धको भ्याक्सिन अन्य देशले आफ्ना नागरिकमा प्रयोग गर्ने वित्तिकै नेपाली जनताले सजिलै प्रयोग गर्न सकियोस भनेर सरकारी र गैरसरकारी तर्फबाट पहल गरिने उनले बताएका छन ।