सल्यान, २३ कार्तिक । युवा सोच र विचारः शारदाको समृद्धिको […]
उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले बम बिस्फोट गराएको छ ।
गएराति एक बजेको समयमा पालिकाको नागरिक सहायता कक्षमा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थललाई प्रहरीले सुरक्षाको घेरामा राखेको छ ।
प्रहरीका अनुसार बम बिस्फोटबाट कार्यालयको कम्प्युटरका साथै टेबल, कुर्सी लगायतका फर्निचरमा क्षति पुगेको छ। साथै घटनास्थल नजिकै एउटा बम फेला परेको र गाईघाटबाट बम डिस्पोजल टोली मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिएका छन ।
घटना कसले र किन गरायो भन्ने बारेमा अहिलेसम्म खुल्न सकेको छैन। हाल घटनाको थप अनुसन्धान भईरहेको छ।