सल्यानमा गाडीको ढोकाबाट खसेर एकजना ब्यक्तिको मृत्यु

३ मंसिर २०७७, बुधवार

accident-in salyan

३ मंसिर,सल्यान / सल्यानमा गाडीको ढोकाबाट खसेर एकजना ब्यक्तिको मृत्यु भएको छ ।

जिल्लाको बागचौर नगरपालिकाको बाफुखोला बाट दाङका लागी छुटेको ना ५ ख १००१ नम्बर को बसको ढोका बाट खसेर बागचौर नगरपालिका ११ बाफुखोला ,हारीचारका २१ बर्षका एकराज खडकाको मृत्यु भएको हो ।

बसमा यात्रा गरिरहेका खडका लाई बान्ता आएको र बान्ता गर्न गाडीको ढोकामा जाना खोज्दा बागचौर नगरपालिका २ खरिबोट नजिकै ऊनी गाडीबाट खसेका थिए ।

गाडीबाट खसेर घाईते भएका खडकालाई बागचौरमा रहेको जनप्रिय पोलिक्लिनिकमा सामान्य उपचार पछी थप उपचारको लागी जिल्ला अस्पताल खलंगा पठाईएको थियो । त्यहाँ उपचारको क्रममा १ः०५ मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मन वलीले बताएका छन।

हाल गाडी चालक र गाडी इलाका प्रहरी कार्यालय थारमारेको नियन्त्रणमा  राखियको छ भने  घटनाको थप अनुसन्धान को लागी प्र.ना.नि.तिलाराम चन्दको टाली खटिएको प्रहरी निरीक्षक वलीले बताएका छन।

प्रतिक्रिया दिनुहोस