किशोरीलाई म्युजिक भिडियोमा अभिनयको मौकादिने बहानामा बलात्कार प्रयास

३ मंसिर २०७७, बुधवार

किशोरीलाई म्युजिक भिडियोमा अभिनयको मौकादिने बहानामा बलात्कार प्रयास गरेको भन्दै एक युवालाई प्रहरीले पक्रेको छ ।

काठमाडौंको जडिबुटी बस्दै आएका सर्लाहीको चन्द्रपुर नगरपालिका–४ का रविराज साहलाई प्रहरीले पक्राउ गरेको हो । म्युजिक भिडियो बनाउँदै आएका साह जडिबुटी बस्थे ।

म्यूजिक भिडीयोको सुटिङ छ भनेर जनकपुर बस्ने एक किशोरीलाई उनले ‘काठमाडौं बोलाए। तर, भिडियोमा खेल्न दिनुअघि रविराजले जडिबुटीस्थित कोठामा लगेर बलात्कारको प्रयास गरेको किशोरीले बताएकी छिन् ।

जडिबुटीबाट साहलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी दक्ष कुमार बस्नेतले बताएका छन।

प्रतिक्रिया दिनुहोस