सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
सल्यानमा कोभिड १९ का लक्षण सहितका बिरामी को संख्या तिब्र गतिमा दिनप्रतिदिन बढ्दै गईरहेको छ। जिल्लाको शारदा नगरपालिकामा ४६ जनाको कोरोना परिक्षण गर्दा ३३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। यसैगरी बागचौर नगरपालिका पनि लक्षण सहितका २ जना बिरामीहरुको फेला परेका छन ।
छिमेकी पालीकाहरुमा यसरी कोरोनाका बिरामी बढ्दै गएपछि दार्मा गाउँपालिका सल्यानको पूर्ण प्रतिकार समन्वय समितिको आकस्मिक बैठक बसेको छ । बैठकले गाउँपालिकामा कोरना संक्रमणको जोखिम फैलन नपाओस् भनेर विभिन्न निर्णयहरु समेत गरेको छ।
गाउँपालिकाको द्रुत प्रतिकार समन्वय समितिले गाउँपालिकाका प्रत्येक वडा र टोलहरुमा इलाका प्रहरी कार्यालयको सुरक्षा टोली सहित शान्ति सुरक्षा र कोभिड १९ को बारे जनचेतनाका लागि माइकिङ गर्ने ,भारतलगायतका तेस्रो मुलुक र देशका विभिन्न ठाउँबाट आएका व्यक्ति वा परिवारलाई कोभिड १९ को जोखिमबाट सुरक्षित रहन परामर्श दिने लगायतका निर्णय गरेको छ ।
यसैगरी गाउँपालिका भित्र लक्षण सहितका बिरामीको खोजी, पालिका भित्रका सय जनाको मंसिर ०७ गते नमूना संकलन गर्ने जसमा २५ प्रतिसत जनप्रतिनिधि ,कर्मचारी र ७५ प्रतिसत वडा कार्यालय र स्वास्थ्य संस्थाको समन्वयमा पालिकाका स्वास्थ्य शाखाले सिफारिस गरे बमोजिम नमुना संकलन गर्ने निर्णय गरेको छ ।
वडा कार्यालय र पालिकामा स्वास्थ्य मापदण्ड पुरा गरेर आवश्यक कामकाज को मात्रै सेवा प्रवाहका लागि कार्यालय सञ्चालन गर्ने प्रत्येक स्वास्थ्य संस्थामा कोभिड १९ विरुद्ध सञ्चालन गरिएका हेल्पडेस्क लाइनलाई व्यवस्थित गर्ने लगायतका निर्णय गरेको हो।
वडा स्तरमा गठित द्रुतप्रतिकार्य ,खोजी तथा निगरानी समुह लाई बिशेष परिचालन गर्ने, मंसिर ०७ मा कोभिड १९ का लागी स्वाब लिने र त्यसको रिपोर्ट नआउँदासम्म तिहार बिदा देखि निरन्तर हुने गरी विद्यालयहरुले गर्दै आएको सिकाइ सहजीकरण बन्द गर्ने, शिक्षक नियुक्ति लगायतका परीक्षाहरु पनि सञ्चालन गर्न नपाउने निर्णय गरेको हो । गाउँ तथा टोलहरुमा औपचारिकरुपमा विवाह,भोजभतेर, पूजापाठ, मेला ,जात्रा ,भेला, सम्मेलन लगायतका अन्य कार्यक्रमहरु गर्न नपाईने निर्णय समेत गरेको छ। विशेष गरेर तिहारका अवसरमा खेलिने देउसीभैलो मा रोक लगाउने जिल्ला प्रशासन कार्यालय सल्यानले कात्तिक २६ गते जारी गरेको निर्देशनलाई कडाइपूर्वक कार्यान्वयन गर्ने लगायतका निर्णय पालिकाले गरेको छ।