बागचौर नगरपालिकामा थप एक जनामा कोरोना संक्रमण , बागचौर बजार क्षेत्र सिल गरियो

२७ कार्तिक २०७७

बागचौर नगरपालिका सल्यान मा थप एक जनाको र संक्रमणको पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर ९ बस्ने वर्ष ६५ का एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो।
सामान्य रुघाखोकी,ज्वरोको समस्या देखिएपछि उनीलाई बागचौर मा रहेको जनप्रिय पोलिक्लिनिकमा उपचार को लागि लगिएको थियो । त्यहाँ उनको उपचार सम्भव नभएपछि उनीलाई नेपालगञ्ज रिफर गरिएकोमा  उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो ।
हाल उनी नेपालगञ्ज मेडिकल कलेज को आइसोलेसन कक्ष उपचाररत छन। कोरोना संक्रमित उनी बागचौर नगरपालिका वडा ९ पोखरीमा होटेल संचालन गर्दै आएका थिए ।
नगरपालिका मा संक्रमणको पुष्टि भएपछि अहिले बागचौर नगरपालिका बजार क्षेत्र, जनप्रिय पोलिक्लिनिक  सिल गरिएको बागचौर नगरपालीकाका जनस्वास्थ अधिकृत हरि ब. कठायतले जानकारी दिएका छन।

प्रतिक्रिया दिनुहोस