भाइटिकाको भोलिपल्ट सार्वजनिक विदा दिने सरकारको निर्णय

बुधबार, कार्तिक २६, २०७७

सरकारले भाइटिकाको भोलिपल्ट मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार मंसिर २ गते नेवार समुदायको  “किजा”  पर्वको अवसरमा देशभरका सम्पुर्ण सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षणसंस्था लगायतका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

नेवार समुदायले म्हः पूजा अर्थात् आत्मपूजा गरेर किजा पूजा अर्थात् भाइटीका लगाउने गर्दछन।

प्रतिक्रिया दिनुहोस