ट्रकको ठक्करबाट दाङमा एउटै मोटरसाइकलमा सवार ३ युवाको मृत्यु

२६ कार्तिक २०७७

ट्रकले ठक्कर दिँदा दाङमा एउटै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका अन्तर्गत पूर्व-पश्चिम राजमार्गमा ना ६ ख ३३४४ नम्बरको ट्रकले रा ५ प ६७३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन युवाको मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी सुमति खड्काले बताएका छन् ।

उपचारका लागि लमही अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेको जानकारी पनि डिएसपी खड्काले दिए।

मृतकका आफन्तले दुर्घटनापछि मृतक तीनै जना किशोरको मुचुल्का नउठाई शव उठाएको तथा दुर्घटनामा परेको ट्रक पनि बुधबार बिहान लैजान खोजेको भन्दै चक्काजाम गरेका हुन्।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले बन्द सडक खुलाउनेबारे छलफल थालिसकेको बताए।

प्रतिक्रिया दिनुहोस