सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
२३ कार्तिक, सल्यान
कोरोना भाइरसका कारण सल्यान श्रीनगरमा एक व्यक्तिको मृत्यु पुष्टि भएपछि २३ कार्तिक देखि २९ गते सम्म श्रीनगर बजार क्षेत्रलाई सिल गरिएको छ ।
एक विज्ञप्ती जारी गर्दै शारदा नगरपालिका वडा नं. १ ले आईतवार बिहान १० बजे देखि बजार क्षेत्र सिल गरिएको जनाएको छ ।
हाल तिब्र रुपमा ग्रामिण बस्तिमा पनि फैलिरहेको कोरोना संक्रमितहरु भेटिन थालेको र श्रीनगरका प्रसिद्ध ब्यापारीमा कोरोना पोजेटिभ भेटिएपछी पछि आवश्यक सर्तकता र रोकथामका लागि बजार सिल गर्नुपरेको शारदा नगरपालिका वडा नं। १ का वडाध्यक्ष नवराज बुढाथोकीले बताएका छन ।
दैनिक आवस्यकताका सामानहरु खरिद गन सुरक्षा सावधानी अपानाएर्र विहान ६ देखि १० बजे सम्म बजार खोल्न दिने निर्णय पनी वडाले गरेको छ। सो समयमा अत्यावसकीय बाहेकका सबै पसल बन्द गर्न समेत विज्ञप्तीमा जनाईएको छ ।
विज्ञप्ती