तुल्सीपुर बाट रोल्पाका लागी छुटेको जिप सल्यानमा दुर्घटना: तिन जनाको मृत्यु

२२-०७-२०७७, शनिवार

दाङको तुल्सीपुर बाट रोल्पा सुखाओढार जादै गरेको लु १ ज २९११ नम्बरको डबलक्याप (जिप) सल्यान छत्रेश्वरी गाउँपालिका ४ दिवांगघारीको भिरबाट खस्दा तिन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय गाडी चालक भिम बहादुर वली यसैगरी दाङको बबई गाउपालीका १७ वर्षीय भिमराज बुढा र गंगादेव गाउँपालिका –५ निवासी ६५ वर्षीय गंज बहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण वलीले गुरास अनलाईन लाई जानकारी दिएका छन।

उनका अनुसार जिपमा सवार चारजना सकुसल रहेका छन भने  घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस