सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
फोहोर पानी जम्मा गर्ने खाल्डोमा डुबेर एक जना बालकको मृत्यु भएको छ । सर्लाहीमा जिल्लाको ईश्वरपुर नगरपालिका ५ स्थित महेन्द्र विष्टको घर अगाडि रहेको फोहोर पानी जम्मा गर्ने खाल्डोमा डुबेर स्थानिय विक्रम महतोका २ वर्षीय छोरा रामप्रवेश महतो को मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको शुक्रबार साँझ डुबेर मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
घटना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको छ । प्रहरीले जनाएको छ ।