सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
यो वर्ष कर्णाली प्रदेशमा तिहारको अवसरमा खेलिँदै आएको देउसी भैलो खेल्न नपाइने भएको छ । समुदायस्तरमा कोभिड १९ को संक्रमण फैलिएको भन्दै कर्णाली प्रदेश सरकार प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश भर देउसी भैलो खेल्न नदिन पूर्णरुपमा कडाइ गर्ने र कुनै पनि मेला लगाउन नदिने बताइएको छ ।
सुरक्षा सर्तकता अपनाई घरभित्रै बसेर तिहारमा मा टीका लगाउन समेत प्रदेश सरकारले आग्रह गरेको छ ।
प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण दिनप्रतिदिन समुदायस्तरमा फैलिइसकेकोले संक्रमण नियन्त्रण र उपचारमा कठिन अवस्था सिर्जना हुने निष्कर्ष निकाल्दै बदलिदो मौषम, नजिकिएको तिहार, छठ पर्व र प्रदेश राजधानी तथा जिल्लामा रहेका अस्पतालहरुको क्षमतालाई ध्यान दिएर सुरक्षा सर्तकता अपनाउन समुदायस्तरमा प्रचारप्रसार गर्ने निणर्य गरेको छ ।