जेठ २३, काठमाडौं । निर्वाचन आयोगले आगामी असार १ गतेदेखि […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागसहित देशका सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ। विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै १९१ जनाको लागि सरकारी जागिरको अवसर प्रदान गरेको हो। कोरोना महामारी नियन्त्रण अभियानलाई थप सशक्त बनाउन भन्दै मन्त्रालयले ३ महिनाका लागि कर्मचारी माग गरेको हो।
७ वटै प्रदेशमा कोरोना सम्बन्धी कन्ट्रयाक्ट ट्रेसिंग लगायतको काम गर्नका लागि भन्दै विभागले कर्मचारी दरखास्त आह्वान गरेको हो ।
दरखास्त फारम www.dohs.gov.np मा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ। १८ वर्ष पुगेका र ४० वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन्। आजदेखि सात दिनभित्र दरखास्तका लागि समय रहेको छ।
यस्तो छ प्रकाशित सूचना