राजसंस्था पुनःस्थापनाको माग गर्दै बुटवलमा प्रदर्शन

१७ कार्तिक २०७७, सोमबार

राजसंस्था पुनःस्थापनाको माग गर्दै सोमबार रुपन्देहीमा ‘देश र श्रीपेचको रक्षा ’ नारा घन्किएको छ । पूर्व राजा रानीको तस्बिर सहितको टिसर्ट लगाएर झण्डै दुई हजार मोटरसाइकल चालक उक्त प्रदर्शनमा सहभागी रहेका थिय ।वीर गोर्खाली अभियानको आयोजनामा उक्त प्रदर्शन गरिएको हो ।
दलहरुको नेतृत्व असफल भएको, राष्ट्रियता कमजोर बनेको र भ्रष्टाचारले सीमा नाघेको आरोप लगाउँदै राजसंस्थाको पुनःस्थापनाबाट मात्रै देशले निकास पाउने प्रदर्शनकारीको धारणा छ ।

तिलोत्तमाको मणिग्रामबाट सुरु भएको प्रदर्शन ट्राफिक चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै अभियानका संयोजक वसन्त विक्रम पाण्डेले राष्ट्रिय एकता र स्वाधीनताका रक्षाका लागि राजसंस्थाको पुनःस्थापना आवश्यक रहेको बताए । जसका लागि राष्ट्रवादी शक्तिहरु एक भई अघि बढ्नु पर्ने उनको भनाइ छ ।
कम्युनिस्ट नेतृत्वका सरकारले मुलुकमा भ्रष्ट्राचार, बाह्य शक्तिको हस्तक्षेप बढ्दै गइरहेकाले देशव्यापी राष्ट्रिय स्वाधीनता र एकताको आवाज उठाउनुपर्ने आवश्यक रहेको उनले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस