काठमाडौं । माओवादी केन्द्रका नेता कार्यकर्ता र विभिन्न संगठनहरुले प्रकाश […]
प्रहरीको खोजीको सूचीमा रहेका गायक समिर घिसिङ ‘भिटेन’ले माफी मागेका छन् । आपत्तिजनक शब्द प्रयोग गरेर ‘पारा’ गीत सार्वजनिक गरेपछि गीतमा प्रयोग भएका शब्दको विषयलाई लिएर बिभिन्न विवाद भएपछि भिटेनले सामाजिक सञ्जाल मार्फत माफी मागेका हुन् ।
गीतमा प्रहरीलाईसमेत गाली गरिएको भन्दै प्रहरीले उनलाई खोज्न थालेपछि गीतको भिडियो युट्युबबाट समेत हटाइएको छ । भिटेनले गीतमा आपत्तिजनक शब्द हटाएर संशोधित गीत छिट्टै आधिकारीक च्यानलबाट सार्वजनिक गर्ने जनाएका छन। सम्बन्धित निकाय र महानुभावलाई उक्त म्युजिक भिडियोमा प्रयोग भएका केही शब्दबाट पर्न गएको असुविधा र चोट प्रति क्षमायाचना गर्दछौँ उनले भनेका छन।

V ten