खेतमा फालिएको अवस्थामा फेला पर्‍यो१ हजारभन्दा बढी स्मार्ट लाइसेन्स

२०७७ कार्तिक १३

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) यातायात कार्यालयदेखि झण्डै २ सय मिटर पश्चिमतर्फ रहेको खेतमा हरु धान खेतमा फालिएको अवस्थामा फेला परेको छ । यातायात ब्यवस्था विभागबाट तयार भएर आएका लाइसेन्स खेतमा धान काट्न गएका महिलाहरूले फेला पारेका हुन् । उनीहरुले लाइसेन्सहरु संकलन गरेर यातायात कार्यालयलाई नै दिएका छन् ।बुधबार दिउँसो धान काट्न जादा खेतमा जताततै लाइसेन्स देखेपछी संकलन गरेर यातायातका कर्मचारीलाई दिएका छन ।

यातायात कार्यालयमा राखिएको लाइसेन्स धान खेतमा फेला परेपछि कार्यालयको सुरक्षामाथि गम्भिर प्रश्न उठेको छ । यातायात कार्यालय जनकपुरधामका अधिकृत विरेन्द्र साहले लाइसेन्स धान खेतमा फेला परेको स्विकार गर्दै ३ सय थान जति लाइसेन्स मात्रै भेटिएको बताए । कसैले गलत नियत राखेर लाइसेन्स फालेको हुन सक्ने बताउँदै उनले यसबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइएको बताए ।

प्रतिक्रिया दिनुहोस