लिभिजन प्रस्तोता रवि लामिछाने राजनीतिमा आउने भएका छन् । राजनीतिमा […]
प्रहरीले आफ्नै बुवाको हत्या गरेको अभियोगमा एक युवकलाई नियन्त्रणमा लिएको छ। सामान्य विषयमा विवाद हुँदा दाङको बंगलाचुलि नगरपालिका वडा नम्वर २ स्थित पाखापानी बस्ने २२ वर्षीय बिरबहादुर वि.क. लाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकरी दिए अनुसार शुक्रवार राति छोरो बिरबहादुरले आफ्नो ४५ वर्षीय बाबु बलाराम विकलाई कुटपिट गरि घरको तलाबाट खसालेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।