साढे २३ किलो अफिम र ५ किलो चरेससहित रुकुमकी एक महिला पक्राउ

५ कार्तिक २०७७, बुधवार

साढे २३ किलो अफिम र ५ किलो चरेससहित रुकुमको बाफिकोट गाउँपालिका—डुले बस्ने ३८ वर्षीया निर्मला बाठामगरलाई सशस्त्र प्रहरी बल, ३१ नम्बर गण बर्दियाले पक्राउ गरेको छ । गुलरिया नगरपालिका—१ गाउँ नम्बर १० हुँदै भारत जान लागेको अवस्थामा मंगलबार राति उनलाई पक्राउ गरिएको हो ।

उनीसँग रहेका दुई पुरुष र एक महिला फरार भएको प्रहरी उपरीक्षक नरबहादुर राउतले जनाएका छन । उनीबाट गुलरिया—१ घर भएका ४० वर्षीय लालबहादुर विक र पाल्पा बकमालांगुका दानबहादुर मल्ल ठकुरीको नेपाली नागरिकता फेला परेको छ । पक्राउ गरिएकी बाठामगरलाई आवश्यक कारबाहीका लागि बुधबार बिहान जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस