सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णयको चौतर्फी आलोचना भइराखेको बेला सरकारले जनताको स्वास्थ्यमा खेलवाड नगर्न चेतावनी दिँदै,केही व्यक्तिको आम्दानीका लागि सरकारले सत्ताको आडमा भ्रष्टाचार/जनताको स्वास्थ्यमा खेलवाड गरेको भन्दै यही कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
वर्तमान सरकार जनता र राष्ट्रपति गैरजिम्मेवार बनेको विप्लवको आरोप छ । कोरोनाको निःशुल्क परीक्षण नगरेर सरकारले मानवीय व्यवहारसमेत प्रदर्शन नगरेको ठहर उनको छ । ‘राज्यको सम्पूर्ण शक्ति कोरोनाको नियन्त्रण र कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पुर्याकउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय विषय हो’, विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘यसले सरकारको जनताप्रतिको चरम लापरबाही र असंवेदनशीलतालाई नै पुष्टि गरेको छ ।’
विप्लवले सरकारविरुद्ध घोषणा गरेका आन्दोलनका कार्यक्रममा कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने रहेका छन्।