लिभिजन प्रस्तोता रवि लामिछाने राजनीतिमा आउने भएका छन् । राजनीतिमा […]
गाई काटिरहेको अवस्थामा नुवाकोटमा दुई जना ब्यक्ति पक्राउ परेका छन् । नुवाकोट र प्रहरी चौकी झिल्टुङबाट खटिएको प्रहरीले गाई काटिरहेको अवस्थामा बेलकोटगढी नगरपालिका वडा नं ५ का ६५ वर्षीय कृष्ण सार्की र ५१ वर्षीय नेगले मिजार लाई पक्राउ गरेको हो । गाई काट्नका लागि प्रयोग गरिएको २ थान खुकुरी समेत उनीहरुको साथबाट बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।