सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
सल्यान । सरकारले अनसनरत डाक्टर गोविन्द केसीको माग पूरा नगरे देशभरका स्वास्थ्य सेवामा अत्यवश्यक बाहेकका अन्य सम्पुर्ण सेवा ठप्प पार्ने नेपाल चिकित्सक संघले चेतावनी दिएको छ । संघले आज एक विज्ञप्ति जारी गर्दै आइतवार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पर्ने घोषणा गरेको बताएको छ । संघले २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई आइतवारसम्मको अल्टिमेटम दिएको हो । आइतवारसम्म पनि सत्याग्रहको अन्त्य नभएको अवस्थामा थप कडा आन्दोलनका कार्यक्रममा जान बाध्य हुने चेतावनी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘वार्ता र सवादलाई तार्किक निस्कर्षमा पुर्याई डा.केसीको जीवन रक्षाका निम्ति नेपाल चिकित्सक संघले सहजीकरणको भूमिका निर्वाह गरिरहेको व्यहोरा अवगत गराउँदै डा. गोविन्द के सीको जीवन रक्षाका निम्ति यस संघ बाध्यताबस मिति २०७७ आश्विन २२ गते बिहीवार वार्ता सकारात्मक रुपमा अगाडि बढेको हुनाले आश्विन २३ गते शुक्रबार स्थगित गरिएको कार्यक्रम २०७७ आश्विन २५ गते आइतवार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरिएको छ ।’