सल्यान, २२ मंशिर । सल्यानका सामुदायीक विद्यालयमा सञ्चालन भएको साक्षरता […]
सल्यानको बागचौर नगरपालिका मा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत असोज १८ गते नगरपालिकाबाट खटिएको स्वास्थ्य टोलीले वडा नम्बर ७ को कोटबारा टाट्केमा १५५ जनामा गरेको परिक्षणमा ७ जनामा रिपोट पोजेटिभ देखिएको हो। कोरोना संक्रमित हुनेमा वडा नं.१२ का २० र ५५ बर्षिय २ पुरुष यसैगरि वडा नं. १० का ४१ बर्षिय पुरुष,वडा नं. ९ का २१ बर्षिय पुरुष,वडा नं.५ का २४ बर्षिय पुरुष, यस्तै वडा नं. ४ का २० बर्षिय १ पुरुष र वडा नं. २ का २१ बर्षिय १ गरि ७ जनामा कोरोना पोजेटिभ देखिएको जनस्वास्थ अधिकृत हरि बहादुर कठायतले जानकारी दिएका छन ।
अहिले नेपालमा कुल संक्रमितको संख्या ९८,६१७ छ भने कोरोना बाट ज्यान गुमाउनेको संख्या ५९० रहेको छ । यस्तै निको हुनेको संख्या ७१,३४३ पुगेको छ।
(२२ असोज रात्रिको ०८:५६मा प्रकाशित)