सल्यान, १२ फागुन । हजारौँ भक्तजन तथा दर्शनार्थीहरु सहित लाग्ने […]
मुक्तक
भन्छिन उनले भावनाको साइनो गज्जप लाग्छ
सु:ख दु:ख सामनाको साइनो गज्जप लाग्छ
विगुल फुकाई डम्फु फुकाई उन्माउनेको भन्दा
सकारात्मक धारणाको साइनो गज्जप लाग्छ
कविता
कोरोना समस्या र समाधान
आक्रान्त पारी सब विश्व यहाँ खै किन तिमी आयौ
मानव सभ्यता हराउछु भनेर रफ्तारमा जगमगायौ
तिम्रा लक्षण त्यो रुघा खोकी त्यो ज्वरो भर्भराउछ
असह्य पीडा भएर अचेत भई रोगी मानव डराउछ
बिद्याका मन्दिर, कहिँ मृत्युशैया बजार बन्द भए
बिकासका फुटेका मुल पनि हेर हजार बन्द भए
शून्य शन्यू पारेर संसार किन यसरी भोकाए छौ
गरिव ,धनी सबलाई ओठका माम्रा टोकाए छौ
फैलाई सन्त्रास जताततै तिम्रो संक्रमण सर्यो
एउटा अवसर सोचेर धुर्तले हंस भ्रष्टाचार गर्यो
तिम्रो नौलो आगमनले गयो अहमता सुकिकन
तर बस्छौ अझैकति ठोस तरल वायुमा ढुकिकन
ए! सबजन सचेत भई अब केही चिज नछोई हिडौँ
भुलवस छोईन पुगे साबुन पानीले मिचेर हात धुऔँ
लाएर माक्स नपसी छिमेकी घर हुलहुलैया कतै कतै
बाँचेर आफू बचाउ अरुलाई हेरजन बसेर आफ्ना घरै
ती मान्यजन, गुरुदेवभव,सोचेर मित्रजनलाई पनि
टाढैबाट सम्मान गरौं अब हामी झुकेर नमस्ते भनी
सङ्घे शक्ति कलौ युगे मनमा सधैं सधैं बास गराई
देखाई सद्बुध्दि बनेर सबल मित्र जानुछ युग हसाई
अस्तु १
गजल
खै कुन सन्जोगले यसरी तिम्रो मेरो सफर आयो
चिताको मुद्रा पनि हेर अपसोच उठेर घर आयो
तिर्थजाने सपना साकार हुने भो बुढी आमाको भर्खरै
राजधानी पसेका छोराको बिहानै मृत्युको खबर आयो
उ त्यो बिध्यालयमा बाल मैत्री शिक्षा लागू भएको छ
हो तेहि स्कुलबाट लठ्ठी लिएर शिक्षक भर्खर आयो
यसर्थ पनि मधुशाला नगएको पछुतो लाग्यो मलाई
जब अमृत भनेर राखेको चिज स्वयं जहर आयो
यसकारण मलाई आफन्त ,आफन्ती जस्तै लाग्दैनन
जब बिपदमा बिन्ती बिसाउने ठाउँ पराईको भर आयो
किनकी सदाबहार भनेर रोपेको वृक्ष बनेर पतझर आयो
तारादेव शर्मा प्रदर्शन
सल्यान

Tara Dev Sharma