जेठ २३, काठमाडौं । निर्वाचन आयोगले आगामी असार १ गतेदेखि […]
कोरोना भाइरसको खोप प्रयोगमा आउनुअघि नै विश्वभर २० लाख भन्दा बढी मानिसको मृत्यु भइसक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । गत वर्ष चीनबाट सुरु भएको यस महामारीका कारण विश्वभर शनिवार सम्ममा करिब करिब १० लाख मानिसको मृत्यु भइसकेको छ। विश्वभर विभिन्न प्रकारको खोपको परीक्षण भइरहेका बेला डब्लुएचओले यस्तो चेतावनी दिएको हो ।
कोरोना महामारीविरुद्ध विश्वले सामुहिक प्रतिवद्धता जनाएर अघि नबढेसम्म नियन्त्रणमा नआउने डब्लुएचओका आपतकालीन प्रमुख डा. माइक रायनले बताएका छन ।
बिश्वका शक्तिशाली देश अमेरिका, बेलायत लगायतका मुलुहकहरुले कोरोनाविरुद्धको खोप तयार पारेर परीक्षण गरिरहेको बताएका छन। तर डब्लुएचओले थप परीक्षण आवश्यक रहेको भन्दै सर्वसाधारणले प्रयोग गर्ने अनुमति दिएको छैन ।
कोरोनाका कारण विश्वभर तिनकरोड सत्ताईस लाख भन्दा बढी संक्रमित भएका छन् । संक्रमण बढ्ने दर अझै नियन्त्रणमा नआएकाले खोपको उपलब्धता अघि नै अझै मानविय क्षति हुने भन्दै डब्लुएचओले चिन्ता व्यक्त गरेको हो ।