सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बढ्दो एसिड आक्रमण नियन्त्रण गर्न र यस्तो कार्यमा संलग्नलाई कडा कारबाही गर्न अध्यादेश ल्याएको छ। अध्यादेशमा आफ्नो राय–सुझाव दिन मन्त्रीहरूलाई शुक्रवार सम्मको समय दिइएको छ।
उक्त सुझावपछि केही दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीले यो अध्यादेश जारी गर्नेछिन्। अध्यादेशलाई संसद वैठक शुरु भएपछि ६० दिनभित्र पारित गर्दै प्रतिस्थापन गर्नुपर्ने छ।
अध्यादेशमा तेजाब फ्याँकी, छर्किई, खन्याई वा प्रयोग गरी वा सेवन गराई अंगभंग तुल्याएमा र शारीरिक क्षति पुर्याएमा २० वर्षसम्म कैद सजाय प्रस्ताव गरिएको छ। पीडितलाई पीडकबाट १० लाख रुपैयाँसम्म जरिवाना निर्धारण गर्न सक्ने बनाइएको छ।
फौजदारी अपराध संहिताको दफा १९२ र १९३ संशोधन गरी तेजाबजस्ता घातक रसायन छ्यापी दुवै आँखा जले, दृष्टि, दुवै कान जली क्षति भई सुन्ने शक्ति नष्ट भए, कानको जाली क्षति भई काम नलाग्ने भए, अनुहार पूर्ण रूपमा जले, क्षति भएमा २० वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना निर्धारण गरिने छ।
दोषी ठहर भएर सजाय काटिरहेको व्यक्तिले असल चाल चालन देखाएमा कैद छुट हुने वा माफी मिनाहा पाउने सुविधा नपाउने अध्यादेशमा उल्लेख छ। यो सजाय एकदिन पनि माफीमिनाहा नहुने, पूरै अवधि जेल बस्नुपर्ने फौजदारी निर्धारण गरिएको छ । फौजदारी कसुर (सजाय निर्धारण र कार्यान्वयन) ऐनलाई थप गर्दै यस्तो बनाउने अध्यादेशमा उल्लेख छ।