सल्यानको शारदा नगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना […]
सुर्खेत: जन्मिने वित्तिकै शिशुलाई प्लाष्टिकको पोकाभित्र बेरेर खोलामा फालिएको अवस्थामा शव फेला परेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ४ र ६ को बिचमा पर्ने रातो पुलदेखि करिव ४०० मिटर तल खोलामा शिशुको शव भेटिएको हो। खोलामा खेल्न गएका बालबालिकाले शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खवर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएअनुसार भेटिएको शिशु बालक (छोरा)रहेको को छ।

मुचुल्का उठाएर शिशुको शवलाई पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल पठाएको छ। शिशु कसले फालेको हो? भन्नेबारे प्रहरीले अनुसन्धान थालेको डिएसपी रामप्रसाद घर्तीले बताए।
