सल्यान, ३ माघ । सल्यानका एक युवाले आफ्नो जन्मदिनको अवसरमा […]
गंगादेव गाउँपालिका रोल्पाको क्वारेन्टाईनमा रहेका आठ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। क्वारेन्टाइनमा रहेका ३५ जनाको पिसीआर परीक्षण गर्दा आठ जनामा संक्रमणको पुष्टि भएको गंगादेव गाउँपालिका रोल्पाले जनाएको छ ।
आठ जना कोरोना संक्रमित थपिएसँगै सात दिनसम्म लागि गाउँपालिका पूर्णरुपमा सिल गरिएको छ । गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरु,बजार क्षेत्र, धार्मिक स्थल,लगायत सम्पूर्णखाले सवारी साधनहरु, विभिन्न कार्यक्रम,बैठक भेला र एक घर बाट अर्को घर तथा एक वडाबाट अर्को वडामा समेत आवतजावतमा पूर्णरुपमा बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।