बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
कर्णाली प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सल्यानमा विकास निर्माण कार्यलाई गति दिने बताउनुभएको छ । आज सिद्धकुमाख गाँउपालीका १ मोखलामा, ( मोखला-दमाचौर ) जोड्ने पुल उद्घाटन कार्यक्रममा मन्त्री ज्वालाले यस्तो बताउनुभएको हो ।
विकास निर्माण जस्ता कार्यहरु एकैपटक पूर्ण हुने नसक्ने भन्दै बिस्तारै विकासको गति अगाडि बढछौ उहाँले भन्नुभयो ।
सोमवारसोमबार भएको उक्त कार्यक्रममा कर्णाली प्रदेश मुख्यमंत्रीका प्रमुख सल्लाहकार भीम प्रकाश शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो। सौलुङ तथा यति बिल्डर्सका कार्यकारी प्रमुख भीम राज के सी का अनुसार ( मोखला- दमाचौर )जोड्ने उक्त सडक योजना ३करोड ८३ लाख मा सम्पन्न भएको हो ।

