टाउकोमा बञ्चारो र ढुंगा प्रहार गरेर आमाको हत्या

२९ भदौ २०७७, सोमवार

सामान्य घरायसी विवाद हुदा बञ्चरो प्रहार गरेर एक व्यक्तिले आमाको हत्या गरेका छन् । झापाको कमल गाउँपालिका–७ बस्ने २४ वर्षीय दिनेश ऋषिदेवले ५० वर्षीया आमाको हत्या गरेका हुन । मादक पदार्थ सेवन गरेर बञ्चारो र ढुंगाले टाउको र खुट्टामा अन्धाधुन्द हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार दिनेशलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस