यूएईको आबुधावीमा ग्याँस सिलिण्डर पड्किँदा एक नेपालीसहित पाँच जनाकाे ज्यान गयाे

२७ भदौ २०७७, शनिवार

संयुक्त अरब इमिरेट्स यूएईको आबुधावी एयरपोर्ट रोडमा रहेको केएफसी रेष्टुरेन्टमा ग्याँस लिक भएर पड्किँदा त्यहाँ कार्यरत घैरुङ ५ गोर्खाका सरन कुँवर सगै पाँच जनाको ज्यान गएको छ।  नेपाली दूतावास आबुधावीका अनुसार दुर्घटनामा एक जना नेपाली,दुई जना फिलिपिनी, भारतीय, र एक जना श्रिलंन नागरिकको ज्यान गएको सम्बन्धित देशका दूतावासहरुले प्रेसनोट मार्फत जानकारी गराएका छन् । रेस्टुरेन्टमा धेरै नेपाली काम गर्ने भएकाले घटनापछि नेपाली दूतावासले समेत चाँसो दिएको र एक नेपालीको ज्यान गएको कम्पनीले जानकारी गराएको छ ।

घटनामा ज्यान गुमाएका नेपालीको शव दुर्घटना भएको तीन दिनपछि मात्रै रेस्टुरेन्टको बेसमेन्टमा पुरिएको अवस्थामा भेटिएको थियो । सोही घटनामा केएफसीको छेवैमा रहेको सोही कम्पनीको हार्डडिस रेस्टुरेन्टमा सुपरभाइजरको रुपमा कार्यरत फूलबारी ९ ताप्लेजुङका अर्जुन चुडाल घाइते हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस