सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुले गत वर्षको तलब पाएका छन्।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले खेलाडीका लागि तलब पठाएपछि क्यानले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुलाई यसअघि पाएको तलवको तुलनामा जनहि १० हजार बढाएर तलब वितरण गरेको हो । जसमा ए” श्रेणीमा रहेका खेलाडीले ४५ हजार, ‘बी’ श्रेणीका खेलाडीले ३५ र ‘सी’ श्रेणीका खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गरेका छन्।
‘ए’ श्रेणीमा रहेका खेलाडी अन्र्तगत : ज्ञानेन्द्र मल्ल, पारस खड्का, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, करन केसी,सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी रहेका छन।
‘बी’ श्रेणी अन्र्तगत: अविनाश बोहोरा, आरिफ शेख, वसन्त रेग्मी, ललित नाराएण राजवंशी, पवन सर्राफ, रोहित पौडेल, सन्दीप जोरा, सुसान भारी, रहेका छन भने ‘सी’: अन्र्तगत इसान पाण्डे, कुशल भुर्तेल, कुशल मल्ल, प्रदिप ऐरि, राजु रिजाल, रसिद खान रहेका छन।