१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ

२५ भदौ २०७७, बिहिवार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनुषाका ५५ वर्षीय पुरुष पक्राउ परेका छन । लक्ष्मिनियाँ गाउँपालिका २ सिनरजोडाका बद्रीनाथ साहलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाइको छ । धनुषा प्रहरी प्रबक्ता मकेन्द्र मिश्रका अनुसार गत भदौ २० गते पसलमा आएकी बालिकालाई ललाइफकाइ गरी घरको छतमा लगेर मुख थुनेर बलात्कार गरि फरार भएका थिए।

लुकिछिपी बसेको अवस्थामा उनलाई महोत्तरीको मठियानीमा बुधबार राति पक्राउ गरिएको हो । पक्राउ परेकालाई उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस