कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा भारत दोस्रो नम्वरमा

२२ भदौ २०७७, सोमवार

अमेरिकापछि विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा भारत दोस्रो नम्वरमा रहेको छ । यसअघि संक्रमित हुनेको संख्या भारतमा भन्दा ब्राजिलमा बढी थियो । तर भारतमा अहिले संक्रमित हुनेको संख्या ४२ लाख पुगेको छ भने त्यहाँ संक्रमणकै कारण मृत्यु हुनेको संख्या ७२ हजार नाघेको तथ्यांकले देखाएको छ । भारतमा अहिले भाइरसको संक्रमण सहरबाट विस्तारै ग्रामीण भेगसम्म फैलिँदै गएपछि तीव्र चिन्ता बढेको छ ।
सार्वजनिक यातायात तथा व्यापार लाई भारत सरकारले पुनःखुल्ला गरेसँगै संक्रमितको संख्या पनि ह्वात्तै बढेको हो । विज्ञहरूका अनुसार लकडाउन खुलेपछि विभिन्न क्षेत्रमा मानिसहरूको आवतजावत बढ्नुले पनि संक्रमितको संख्यामा वृद्धि भएको मानिएको छ। ।

प्रतिक्रिया दिनुहोस