विप्लव नेकपाले भ्रष्टकर्मचारी सहित मल आपूर्ति र रेल निर्माणका ठेकेदारलाई कारबाही गर्ने ।(विज्ञप्तिसहित)

२० भदौ २०७७, शनिवार

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकार सँग मल आपूर्ति र रेल सम्बन्धि ठेक्का पाएका कम्पनि र सञ्चालकको नाम उल्लेख गर्दै कारबाही गर्नुपर्ने माग राखेको छ । विप्लव नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा “प्रकाण्ड”  द्धारा जारी प्रेस विज्ञप्तिमा सरकारले उनिहरुलाई कारबाही नगरे आफ्नो पार्टिले कारबाही गर्ने उल्लेख गरिएको छ । निर्माण क्षेत्रमा दर्जनौं पुल र सडकहरु बर्षौंसम्म अलपत्र पार्ने कम्पनि भएको भन्दै शैलुङ कन्स्ट्रक्सन कम्पनिका शारदाप्रसाद अधिकारी र  होबिको मल्टिपल कम्पनिका होमनाथ कोइराला ले सस्तो दरमा मल आपूर्ति गर्ने ठेक्काको नाटक रचीएको विप्लव नेकपाको आरोप छ ।
देशको उत्पादनलाई धरापमा पार्ने, किसानहरूको टाउकोमा गिर खेल्ने, मल आपूर्ति गर्ने ठेक्का लिएर पूरा नगर्ने कम्पनी एवम् ठेकेदार र रेल मार्ग निर्माणका नाममा अर्बौं रकमको भ्रष्टाचारको खेल गर्ने, रेल विभागका महानिर्देशक र ठेकेदार गिरोहलाई सरकारले तुरुन्तै कारबाही नगर्ने हो भने जनताको आक्रोश र कारबाहीको मागको नेतृत्व नेपाल कम्युननिस्ट पार्टीले गर्ने उक्त बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

कोरोना भाइरसको महामारीले विश्वव्यापी तवाहा सृजना गरेपछि ज्यान जोगाउन स्वदेश फिर्ता भएका नेपाली जनता देशभित्र हातमुख जोर्ने समस्या टार्न नसकेर कोरोना भाइरसको खतराभन्दा बिहान–बेलुकी छाक टार्ने खतरा मुख्य बन्दा कञ्चनपुर, कैलाली र बाँकेको नाकाबाट सयौँको सङ्ख्यामा बालबच्चा र महिलासहित कोरोनाबाट दैनिक ८० हजारमाथि सङ्क्रमित भइरहेको देश भारतमा फेरि जान बाध्य भएको भन्दै भारतमा जान विवश भएका जनतालाई स्वदेश फिर्ता गर्ने, देशमा छाक टार्न गारो भएका जनताको श्रेणीकरण गरेर राहत, बेरोजगारी भत्ता र रोजगारीको व्यवस्थाका निम्ति नेपाल सरकारले ध्यान दिनुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस