सल्यानमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका […]
चारवटा बच्चा एकैपटक जन्माएकी एक सुत्केरी महिलाको मृत्यु भएको छ । विदेह नगरपालिका ७ जोगियारा ,धनुषाकी करिब ३० वर्षीया अमिरूल खातुनको बुधबार अपरान्ह जनकपुरस्थित काब्या अस्पतालमा मृत्यु भएको हो। प्रसूति व्यथा लागेपछि मंगलवार अस्पताल भर्ना भएको केही बेरपछि बेलुका करिब ५ बजे शल्यक्रिया मार्फत खातुनले ४ बच्चा जन्माएकी थिइन् ।
अपरेशन गरेर बच्चा निकालिएका कारण उनको स्वास्थ अवस्था गम्भीर बन्दै गएको पछि भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा उनको मृत्यु भएको हो । उनले एक छोरा र तिन छोरीको जन्म दिएकी हुन। शिशुहरूमध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो छ । बच्चालाई आइसियुमा राखेर उपचार भइरहेको भएपनि अहिले चारै बच्चाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।