लिभिजन प्रस्तोता रवि लामिछाने राजनीतिमा आउने भएका छन् । राजनीतिमा […]
आइतबार स्वाब परीक्षण गर्न दिएका काठमाडौंँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना सङ्क्रमण भएको छ । महानगरपालिका प्रमुख शाक्यको सचिवालयलका अनुसार उनमा कोभिड –१९ का कुनै लक्षण नदेखिए पनि कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
प्रमुख शाक्य हाल काठमाडौंँ महानगरपालिकाका वडा नं १९ लगनटोल स्थित निजी निवास आइसोलेशनमा रहेका छन् ।सगै स्वाब संकलन गराएकि उनकि पत्नीको भने रिपोर्ट नेगेटिभ आएको छ ।अहिले प्रमुख शाक्य को सम्पर्कमा आएकाहरुलाई खोज्नेकार्य भइरहेको बताइएको छ ।