उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमणको पुष्टि

शुक्रवार, २०७७ भदौ १२

उद्योगपति विनोद चौधरीले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

उनका अनुसार आफूमा कुनै लक्षण नदेखिएपनी कोरोना परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको बताएका छन ।
उनले आफूसँग सम्पर्कमा रहेका ब्यक्तिहरुलाई सतर्कता अपनाउन आग्रह गर्दै डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस