नेत्र भण्डारी र अस्मिता अधिकारीको स्वर रहेको गीत “हुन्छ खोसाखोस” सार्वजनिक

८ भदौ २०७७, सोमवार

चर्चित गायक नेत्र भण्डारी र अस्मिता अधिकारीको आवाजमा रहेको गीत “हुन्छ खोसाखोस” सार्वजनिक भएको छ । सन्तोष सुनुवारको संगीत सुनिल बिसीको शब्द रहेको उक्त गीतलाई एरेन्ज रिकेश गुरुङ,सम्पादन टेकेन्द शाहले गरेका छन ।  रामकुमार के सी को छायांकन र राजीव समिरले निर्देशन गरेको यस गीतलाई रिजन नेपाल युट्युब बाट सार्वजनिक गरिएको छ ।

भद्रगोल टेलिश्रृंखला बाट चर्चाको शिखरमा पुगेका कलाकार सागर लम्साल “बले”, चर्चित जुम्ल्याहा मोडल प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाका साथै मंजिल बस्नेतले यस गीतमा अभिनय गरेका छन् ।

पछिल्लो समय सागर लम्साल “बले” फिल्म, टेलिफिल्म तथा म्युजिक भिडियोबाट समेत दर्शकको मन जित्न सफल भएका छन् ।

बनपालेको लौरी बोलको गित पछि नेत्र भण्डारीको यस गितले पनि दर्शक स्रोता को मन जित्ने अपेक्षा गरिएको छ ।

भिडियो हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस ।

 

 

प्रतिक्रिया दिनुहोस